सडकका कारण गाँउ नै उच्च जोखीममास् विद्यालय पुर्ण रुपमा क्षती

Yugnepal     800 पटक पढिएको    

सडकका कारण गाँउ नै उच्च जोखीममास् विद्यालय पुर्ण रुपमा क्षती

बझाङ जिल्लाको केदार स्युँ गाँउपालिका वडा नम्बर ९ को जुईलमा रहेको कैलास प्राविको ४ कोठे भवन, २ वटा चर्पि र एक वटा खाजा बनाउने घरमा माथि बाट काटेको सडकका कारण पुर्ण रुपमा क्षती पुगेको छ । लगातार परेको बर्षाका कारण २६ गते राती गएको पहिराले विद्यालयमा बगाएकोे हो । गाँउ नजीकै विद्यालय संगै रहेको शिब मन्दिर समेत पहिरोले बगाएको छ भने नजीकै रहेको भवानीको मन्दिर समेत क्षती हुने अवस्थामा पुगेको स्थानीय बासिन्दा हर्क मल्लले बताए । २६ गते राती नै आएको पहिरोले जुईलका लाल बहादुर मल्लको घर र खेती योग्य जमीन समेत पहिरोले बगाएको छ । घर माथि बाट दुर्गाथली गाँउपालिका वडा नम्बर ३ जाने सडक कटान भएका कारण पहिरो गएको हो । घर नै पहिराले बगाए पछि अहिले लाल बहादुर मल्लको परिवार छिमेकी हर्क बहादुर मल्लको घरमा आश्रय लिएर बसेका छन् । रातीको समय पहिरो गएको र आफ्नो परिवार ठुलो काल बाट जोगीएको लाल बहादुर मल्लले बताए । उनले भने म कामको शिलशिलमा भारतमा रोजगारीका लागी गएको थिए । घर नै पहिरोले बगाएको खबर सुने पछि रातरात नै भारतकमा रोजगारी गर्न छोडेर घर फर्कीएको हुँ । सडक कटानबका कारण आफुले सुकुम्बासि हुनु परेको उनको दुखेसो छ । बर्ष भरि काम गरेर ३।४ महिना खानकालागी उब्जनी हुने खेत समेत पहिरोले लगि दियो । उनले भने अब त सधै भरि विदेशमा नै गएर कमाएर छोरा छोरी तथा घर परिवारको लालन पालन गर्नु पर्ने सृजना यो सडकले गरि दियो भन्दै दुःख ब्यक्त गर्नु भयो ।

गाँउ माथि विना डि पि आरको सडक कटान गर्दै लिएका कारण गाँउ नै उच्च जोखीममा परेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । स्युँ गाँउपालिका वडा नम्बर ९ को झोताको गौडीआम भन्ने ठाँउ बाट केन्द्र बनाएर सडक कटान गर्दा यहाँका स्थानीय बासिन्दा र दुर्गाथली गाँउपालिका वडा नम्बर ३ का स्थानीय बासिन्दा विच ठुलो विबाद समेत सृजना भएको थियो । यहाँका स्थानीय बासिन्दाहरुले गाँउ नै उच्च जोखीममा पर्ने, सडक कटान रोक्नु पर्ने भन्दै काममा अबरोध गर्न खोजे पछि दुई गाँउ विच ठुलो विबाद हुन पुगेको यहाँका स्थानीय बासिन्दाहरुले बताएका छन् । जबरजस्ति सडक कटान गर्दै जाँदा अहिले आएर गाँउ नै जोखीममा परेको उनिहरुको गुनासो छ । अहिले यो गाँउमा २१ परिवारको बसोबार सरहेको छ । लगातार पानी पर्ने र जती बेला पनि पहिरो जाने भएका कारण यहाँका स्थानीय बासिन्दाहरुले जाग्राम बस्नु पर्ने बाध्यता रहेको स्थानीयले बताए । राती आलो पालो गरेर सुत्नु परेको छ । २६ गते देखी त हामीहरुले राम्रो संग सुत्न नै पाएका छैनौ स्थानीय अम्बीका मल्लले भन्नु भयो पहिरो आएर कती बेला गाँउ नै बगाएर लैजान्छ भन्ने चिन्ता बढेको छ ।

यता गाँउ बगाउला भन्ने चिन्ता अर्को तर्फ विद्यालयमा क्षती पुगेका कारण अहिले विद्यालय बन्द गरेर आफ्नो घर नजीकै अध्यापन गराउने गरेको र पानी पर्दा छुट्टी गर्ने गरेको विद्यालयका प्र।अ। अम्बिका मल्लले बताईन् । ३८ जना बालबालीका अध्यनरत विद्यालय पहिराले नै बगाए पछि विद्यालयमा अध्यनरत बालबालीकाहरुको विचल्ली भएको छ । एक तर्फ विद्यालयमा क्षती पुगेको छ भने अर्को तर्फ गाँउमा बस्न सकीने वातावरण नै सृजना नभएको उहाँले बताईन् । पटक पटक प्रहरी मुचुल्का गरि स्थानीय सरकार संग समेत जानकारि गराई सक्दा सम्म पनी कुनै सुनुवाई नभएको उनले बताईन् ।

यस्तै बस्ति माथि बाट सडक कटान भएका कारण विर बहादुर मल्ल, कृति मल्ल, अम्मर बहादुर मल्ल लगातको खेतीयोग्य जमीन समेत क्षेती पुगेको छ ।
यता केदार स्युँ गाँउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अहेन्द्र बहादुर शाहिले सडक कटानका कारण मल्ल परिवार र धामीका परिवार गरेर ५० परिवार जोखीममा परेको बताए । सडक कटान कै कारण यहाँका स्थानीयको २ रोपनी बराबरको खेती योग्य जमीन पुरीएको उहाँको भनाई छ । यस विषयमा छलफल गर्नका लागी दुर्गाथली गाँउपालिकाका जनप्रतिनिधी , सडक कटान गर्ने उपभोक्त समितीका पदाधिकारी र स्थानीयलाई संगै राखेर अबको केही दिनमा नै छलफल गर्ने योजना वडाको रहेको उहाँको भनाई छ । यो सडक पुरा कटान भएको छैन अझै सडक कट्न बाँकी छ वडा अध्यक्ष शाहिले भन्नु भयो यो सडक कटान गरेर गाँउ सम्म पुर्याउने हो भने झोता बजार देखी नै धेरै क्षती हुने निश्चित छ । यसका लागी सरोकारवाला सबै सोच्न पर्ने उहाँको भनाई छ । साथै जुन गाँउको लागी सडक कटान गरिएको हो उक्त गाँउमा सडक संगै सवारी साधन समेत पुगेका र खोलाको बाटो घुमाउरो भएका कारण यो सडक कटान गरिन लागेको उहाँले बताए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारि भएका कारण क्षतिपुर्तीको ब्यावस्था मिलाउन र सुरक्षित बनाउनका लागी केदार स्युँ गाँउपालिका वडा नम्बर ९ र दुर्गाथली गाँउपालिकाकालाई पत्राचार समेत गरि सकेको र मौखीक रुपमा समेत जानकारि गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।



मङ्गलबार ३१, असार २०७६ ११:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal