हतकडीसहित कैलालीबाट एक अभियुक्त फरार

Yugnepal     990 पटक पढिएको    

हतकडीसहित कैलालीबाट एक अभियुक्त फरार

 

कैलाली, । लागुऔषध ओसार पसारमा संलग्न भनिएका एक अभियुक्त हतकडी सहित फरार भएका छन । टिकापुरबाट म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएका विक्रम चौधरी सरकारी वकिल कार्यालयकै परिसरबाट फरार भएका हुन ।

हवलदार रामबहादुर कार्कीले चौधरीलाई म्याद थप गर्न धनगढी ल्याएका थिए । चौधरीलाई मंगलबार खक्रौला नाकाबाट एक ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्तको खोजीकार्य तीब्र पारिएको जानकारी दिए ।



बिहिबार २६, असार २०७६ ०५:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.