वडाध्यक्ष नेतृत्वको समूहले गर्‍यो चिकित्सकमाथि आक्रमण

Yugnepal     667 पटक पढिएको    

वडाध्यक्ष नेतृत्वको समूहले गर्‍यो चिकित्सकमाथि आक्रमण

  
डडेल्धुरा,  एक वडाध्यक्ष नेतृत्वको समूहले डडेल्धरास्थित उप(क्षेत्रीय अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको छ।

शव परीक्षणमा ढिलाइ गरेको भन्दै अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा गएको समूहले अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको जनाइएको छ। आक्रमणपछि अस्पतालका चिकित्सकले कामकाज बन्द गरेका छन्।

यसअघि पनि सुत्केरीको मृत्युको विषयलाई लिएर डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो। अस्पतालमा तोडफोड समेत गरिएको थियो। त्यसपछि चिकित्सकहरूले कामकाज बन्द गरेका थिए। जिल्ला प्रशासन कार्यालयले सुरक्षाको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि कामका फर्किएका थिए। तर, बुधबार फेरि चिकित्सकमाथि आक्रमण गरिएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरटेन्डेन्ट डा। जीवन खरेलले प्रेस विज्ञप्ती जारी गरि वडाध्यक्ष प्रकाशको नेतृत्वमा रहेको समूहले ड्यूटीमा रहेका चिकित्सकमाथि आक्रमण गरेको जनाएका छन्। सुरक्षाका कारण नियमित सेवा दिन नसक्ने जनाउँदै उनीहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी समेत गराएका छन्। हिजोदेखि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएका छन्।

हिजो बिहान ११ः३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका रमेश खड्काको शव परीक्षणका लागि प्रहरीले अस्पताल पुर्याएको थियो। चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष प्रकाशको नेतृत्वमा आएको समूहले चिकित्सकमाथि आक्रमण गरेको हो।

वडाध्यक्ष नेतृत्वको समूहले परीक्षण पूरा नभएको शवलाई नियन्त्रणमा लिएको समेत चिकित्सकले जनाएका छन्। शव परीक्षण गरिरहेका चिकित्सकलाई गालीगलौज गर्दै आक्रमण गरेको छ भने अस्पतालमा पनि ढुंगा प्रहार गरेको छ।

चिकित्सकले सुरक्षाको कारण देखाउँदै काम बन्द गरेका छन् भने आकस्मिकबाहेकका सेवा बन्द भएका छन्। सुदूरपश्चिमका पहाडी जिल्लाको केन्द्र डडेल्धुरा अस्पतालमा सबैतिरबाट बिरामी आउने गरेका छन्।



बिहिबार २६, असार २०७६ ०३:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.