निर्मलाकी आमा दुर्गादेवीलाई नगरपालिकामा जागिर

Yugnepal     691 पटक पढिएको    

निर्मलाकी आमा दुर्गादेवीलाई नगरपालिकामा जागिर

 

भीमदत्तनगर,  । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमालाई भीमदत्त नगरपालिकाले जिविकोपार्जनका लागि जागिर प्रदान गरेको छ ।

जीवन निर्वाह गर्न मुस्किल भएपछि आमा दुर्गादेवी पन्तलाई भीमदत्त नरपालिकाले जागिर दिएको हो । हाल कर्मचारी भर्ना गर्न पाउने व्यवस्था आफूहरुको हातमा नरहेपनि सरकारले तोकेको दैनिक ज्यालादारीमा दुर्गादेवीलाई राखिएको भीमदत्त नगरपालिकाका प्रमुख मेयर सुरेन्द्र विष्टले जानकारी दिए ।

विष्टले भने–‘‘दीर्घकालीन व्यवस्थापन गर्न सकिएछ भने पछि त्यो पनि गर्छौँ । तत्कालका लागि छोरीहरुलाई पढाउन र घरखर्चका लागि सहयोग पुगोस् भनेर उनको क्षमता र योग्यताअनुसार सहयोग गरेका छौं । यो मानवीय हिसाबले गरेको सहयोग हो ।’’

विष्टले निर्मलाको न्यायको निम्ति भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका शनि खुनाकी आमालाई पनि नगरपालिकाले दुर्गादेवीलाई जस्तै सहयोग गरेको बताए । विष्टका अनुसार निर्मला अध्ययनरत विद्यालयमा उनको सम्झनामा उद्यान निर्माणको कार्य समेत सुरु गरिएको छ । निर्मलाका बाबु यज्ञराज पन्त कान्छी श्रीमतीसँग छुट्टै बस्छन् ।



बिहिबार २६, असार २०७६ ०३:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.