तीन बर्षसम्म भगवती दुर्गालाई आफ्नो रगत चढाएर राजा सुरथ र समाधिले मागे वरदान

Yugnepal     704 पटक पढिएको    

तीन बर्षसम्म भगवती दुर्गालाई आफ्नो रगत चढाएर राजा सुरथ र समाधिले मागे वरदान

काठमाडौं । दुर्गा सप्तशती अनुसार देवताहरुले जब आरधना गरे तब मा दुर्गा एक नारीको रुपमा, अम्बिकाको रुपमा एक चट्टान माथि प्रकट हुनुभयो । त्यहाँ महिषासुरका एक दूत आएर भन्छन्, तिमी निकै रुपवती छौ । हामीसँग हिड र हाम्रो महाराज महिषासुरको पटरानी बन ।

माता भगवती भन्नुहुन्छ, ुमेरो त एक प्रतिज्ञा छ योम जायते संग्रामेु जो मलाई संग्राममा हराउछ म उसैको पत्नी बन्न सक्छु । तब मा भगवतीसँग महिषासुरको युद्ध भयो र कालीमठमा महिषासुरको वध भयो ।

आज मानिसहरु सोहि कालीमठमा विभिन्न माग राखेर भगवानको साधना गर्छन् । कोहि बाबुबाट अंश पाइएन भनेर, कोहि अरुको कुभलोको लागि साधना गर्न बस्छन् । तपाई दुर्गा सप्तशी पल्टाएर पढ्नुहोस त्यसमा के लेखिएको छ रु  

सुमेधा मुनिसँग राजा सुरथ र समाधि नामका वैश्यले जब अभिष्ट सिद्धिको मार्ग सोधे तब सुमेधा मुनि भन्छन्, संसारको सर्वसत्ता छिन् मा भगवती तिमीहरु उहाँको पुजा गर ।

दुवै नदि किनारमा बसेर भगवतीको पुजा गर्न थाले । उनिहरुले त सप्तशतीको पाठ पनि गरेनन् । उनिहरु तीन बर्षसम्म भगवतीलाई आफ्नो रगतले परोलक्षित बलि दिइरहे। जब भगवती प्रसन्न हुनुभयो तब भगवतीले भन्नुभयो, म तिमीहरुसँग प्रसन्न छुँ, माग तिमीहरु के चाहन्छौ ।

तव राजा सुरथले भने, माता यदि तपाई मेरो भक्तिबाट प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो राज्य दिनुहोस जुन कहिले पनि नष्ट नहोस तथा मेरो गुमेको राज्य पनि मलाई पुन प्राप्त होस ।

भगवतीले भन्नुभयो, जाउ तिमी आफ्नो सेना जम्मा गर, सेना जम्मा गरेपछि जुन राज्य तिमीले गुमाएका छौ त्यो तिमीले पुन प्राप्त गर्नेछौ ।

यस प्रकार सुरथले आफ्नो गुमेको राज्य पुन प्राप्त गरे । र भगवतीले उनलाई वरदान दिनुभयो कि तिमी अघिल्लो जन्ममा वैवस्वानको पुत्र भएर सावरानी नामको मुनी बन्नेछौ र त्यस समय तिमीलाई अखंण्ड राज्यको प्रप्ति हुनेछ ।

माता भगवतीले, त्यस आदिशक्तिले त्यसपछि समाधिसँग सोध्नुभयो,  छोरा तिमी के चाहन्छौ 

समाधि वैश्य भन्छन्, हे माता मलाई संसारको कुनै पनि वस्तु चाहिदैन । मलाई राजपाट पनि चाहिदैन । मेरा परिवारले पनि आफ्नो स्वार्थ पुरा भएपछि मलाई तिलांजली दिए, यसकारण मलाई परिवार पनि चाहिदैन । मलाई यो अनुभव भएको छ कि यो नाता सम्बन्ध पनि सबै क्षणभंगुर छन्, कोहि कसैको साथ जादैन । मलाई संसारको वैभव पनि चाहिदैन किनभने यो पनि परिवर्तन हुने चीज हो, यसमा पनि परिवर्तन भइरहन्छ । यसकारण हे माता मलाई त यस्तो ज्ञान दिनुहोस कि मेरो अज्ञानान्धकार समाप्त होस । हे मा मलाई तपाईको जुन परारुप छ, त्यसको वास्तविक रुपको दर्शन गराइदिनुहोस, मलाई आत्मज्ञान प्रदान गर्नुहोस । तब माताले भन्नुभयो, तथास्तु तिमीलाई यस्तो नै ज्ञान प्राप्त हुनेछ र ज्ञान भएपछि तिमी मेरो वास्तविक रुपलाई जान्नेछौ ।

भन्नुको अर्थ भक्ति त त्यो पराकाष्ठा हो जहाँ पुगेर अध्यात्‍मवादी बनेर मानिसहरु महान बने ।  

आज हाम्रो देशमा त्यस अध्यात्मवादको आवश्यकता छ जसको सन्देश प्राचीन कालमा हाम्रो सन्त महात्माहरुले दिए । भगवान श्रीकृष्ण भन्नुहुन्छ, समदर्शी त्यो हुन्छ जो कमिला, हात्ती, अछूत चांडल र ब्राह्मणमा समान रुपले आत्मालाई देख्छ । ज्ञानी त्यहि हो, त्यहि ब्राह्मण हो, ब्रह्मको ज्ञाता त्यहि हो । आत्माज्ञानी जुन हुन्छ उसभित्र कुनै प्रकारको भेदभाव हुदैन उ सबैप्रति समदृष्टि राख्छ । अध्यात्मवाद बाहिरको बिषय होइन अन्तर्जगतको हो ।

तर आजकल मानिसहरु भूत पिशाचहरुको पुजामा लागेका छन् । किनकि भूत पिशाचहरुबाट चाडै फाइदा हुन्छ । जब तुलसिदासले जंगलमा शौच गरेपछि बाँकी रहेको जल वृक्षमा दैनिक हाले तव त्यहाँ रहेको एक प्रेत प्रसन्न भएर भन्न लागे, तुलसीदास तिमीले मलाई तृप्त गर्‍यौ माग के माग्छौ रुु

तुलसीदासलाई एकै लगन थियो । उनले भन्न थाले, मलाई प्रभुको दर्शन गराइ देउ । प्रेत भन्छन्, तुलसीदास यदि म दर्शन गर्न सक्थे तव स्वंय प्रेत बनेर उल्टो किन लड्कि रहन्थे । मेरो नै उद्दार हुने थियो ।  म दर्शन गराउन सक्दिन बाटो बताउन सक्छु ।

यसप्रकार प्रेत तत्काल फल दिन्छ र यसकारण नै तान्त्रिक मानिसहरु प्रेतलाई बाध्ने, त्यसलाई वशमा गर्ने साधनामा लागिरहन्छन्। साथै उनिहरुको शक्ति रहुन्जेल बाध्छन् जब शक्ति क्षिण हुनेछ, कमजोर हुनेछ तब त्यहि प्रेतले उनिहरुको खोपडिमा चढेर नाच्न थाल्नेछ ।    



बिहिबार २६, असार २०७६ १२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.