बेरोजगार भइ घरमै बसिरहेका महिलाहरुलाई अवसर प्रदान गर्ने

Yugnepal     1361 पटक पढिएको    

बेरोजगार भइ घरमै बसिरहेका महिलाहरुलाई अवसर प्रदान गर्ने

बेरोजगार भइ घरमै बसिरहेका महिलाहरुलाई अवसर प्रदान गर्ने

धनगढी, ९ फागुन ।
सुदूरपश्चिमको धनगढीमा पहिलो पटक श्री ब्यूटी आर्ट आइकन नेपाल २०१९ र मिसेस ब्यूटीफुल आइकन नेपाल २०१९ को आयोजना हुने भएको छ ।
श्री ब्यूटीपार्लर र गजबको इन्टरटेन्मेन्ट प्रा।लि। को संयुक्त आयोजनामा यही चैत्र पहिलो हप्तादेखि प्रदेश स्तरीय श्री ब्यूटी आर्ट आइकन नेपाल–२०१९ र मिसेस ब्यूटीफुल आइकन नेपाल–२०१९ हुने भएको हो ।
नेपाल ब्यूटी संघ काठमाण्डौको संयोजकत्व र सुदूरपश्चिम कला प्रतिष्ठान धनगढीको सहकार्यमा सातै वटै प्रदेशमा हुन गइरहेको यो कार्यक्रमको आरम्भ भने सुदूरपश्चिमको धनगढीबाटै हुन लागेको आयोजकले जनाएको छ ।
नेपालमै पहिलो पटक हुन गइरहेको श्री ब्यूटी आर्ट आइकन नेपाल २०१९ मा विवाहित र अविवाहित दुबैले सहभागिता जनाउन पाउँनेछन् भने र मिसेस ब्यूटीफुल आइकन नेपाल २०१९ मा विवाहितहरुले मात्र सहभागिता जनाउँन पाउँनेछन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा १५ लाख भन्दा बढीको लगानीमा आयोजना हुनलागेको सो कार्यक्रममा बिभिन्न ख्याती प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुको सभागिता रहने जनाएको छ । हेयर स्टायलमा विज्ञ तामाङ, लक्ष्मी ठाकुर, मेकपमा सोफी सुनुवार, ब्यूटीसियनमा सबिता थापा, सबिता बस्नेत, बिष्णु थापा, मोटिभेशनलमा भगवती खड्का र सुशीला मिश्र भट्ट रहने आयोजकले जनाएको छ ।
फारम शुल्क रु। १५ हजार तोकिएको सो तालिमको अवधी तीन महिना रहने छ । तालिमको अन्त्यमा सहभागीहरुबाट ब्यूटीसियन प्रतियोगिता गरी विजेतालाई नगद रु। एक लाखको धनराशी प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमका निर्देशक दिपेन्द्रकुमार श्रेष्ठले बेरोजगार भइ घरमै बसिरहेका महिलाहरुलाई अवसर प्रदान गरी महङ्गो शुल्क तिर्न नसक्ने तर ब्यूटिसियन सम्बन्धी दक्षरुपमा कार्य गर्न यो कार्यक्रम निक्कै फलदायी रहेको जिकिर गरे । ‘महिलाहरुलाई शुन्य स्तरबाट बेसिक, डिप्लोमा ब्यूटिसियन तालिम सम्बन्धी सम्पूर्ण ज्ञान प्राप्त गराई स्वरोजगारी बनाउँछ ।’ उनले भने ‘महिलाहरुलाई व्यवहारिक, सामाजिक र न्यायिक ज्ञान प्रदान गराई महिलाहरुलाई सशक्तिकरण हुन प्रेरित गर्छ ।’
तालिममा हेयर स्टाइल, हेयर डिजाइन, सम्पूर्ण मेकअप, कष्टुम डिजाइन, सेल्फ डिफेन्स, क्याटवाक ¥याम वाक, उत्प्रेरणा कक्षा, व्यक्तित्व विकास तालिम, वैदशिक रोजगारमूलक ब्यूटिसियन तालिम, लिडरशिप तालिम र ब्यूटिसियन ट्रेनर तालिमसमेत रहेको कार्यक्रमका सभाध्यक्ष पूजा कुँवर थापाले जानकारी दिइन् । स्थापित ब्यूटिसियनहरुका लागि फोटोग्राफि मेकअप, फिल्म सुट मेकअप, एयर ब्रस मेकअप, हार्ड मेकअप, नेचुरल मसाज आदि विशेष तालिमहरु रहेको उनले बताईन् ।
कार्यक्रमलाई सहजीकरण गरिरहेका गुणाकर पनेरुले बिभिन्न ख्याती प्राप्त प्रशिक्षकहरुद्वारा प्रशिक्षित हुन र जीवन र जगतका लागि अब्बल हुन सम्बन्धित सबैलाई आव्हान समेत गरेका छन् ।



शुक्रबार १०, फागुन २०७५ ११:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.