काठमाडौं । द्वेध शासनको अर्थ शब्दैले स्पष्ट हुन्छ जहाँ राज्यको शासन दुई वटा पदबाट हुन्छ त्यो नै द्वेध शासन हो । एउटा मूल कार्यकारी पदका मानिसहरुलाई कमजोर बनाएर वा कमजोर भएको मौका छोपी मूल शासकका सहयोगीहरुले गर्ने समानान्तर शासन नै द्वेध शासन हो । जसमा मूल कार्यकारी पद सेरेमोनियल गराईन्छ भने उनका सहयोगीहरुले नै राजकाज चलाउने गर्दछन् ।
परापूर्व कालमा राजतन्त्रको यतिसम्म शक्ति हुन्थ्यो कि राजाको स्वीकृति विना कसैले नियमित बाहेक कुनैपनि अतिरित्त काम गर्न सक्ने थिएनन् । डेढ दशक अघि ढलेको नेपालको राजतन्त्रमा होस् या परापूर्व कालका राजा नै किन नहुन् । सबै राजाहरु सर्वशक्तिसम्पन्न हुन्थे । राज्यका सारा अधिकार राजामा नै केन्द्रीभूत भएर रहन्थ्यो । भलै कुनै उदार शासकले सानोतिनो अधिकार तल्ला तहका शक्तिमा पनि विकेन्द्रित गरेका हुनसक्लान् तर एक राजतन्त्रका नियमले राजा नै सर्वोपरि मानिन्छन् । इतिहासविद् ज्ञानमणि नेपालले नेपाल निरुक्त नामक पुस्तकमा भनेका छन् ।
ुुसबै अधिकारको प्रयोग राजाको हुकमबाटै हुन्छ । ुराजाले हुकुम जफत गरी राख्नूु भन्ने पृथ्वीनारायण शाहको उक्तिले पनि यहीं कुरालाई स्पष्ट गर्छ । तर, कुनै बखत यस्तो पनि आउँछ, राजा स्वयंले आफ्नो शक्ति अधिकार प्रयोग गर्न नसक्ने स्थिति हुन्छ । जस्तो राजा दीर्घरोगी भएर अशक्त भए भनेस राजाको मृत्यु भयो भने, अथवा राजा नाबालाक भएको अवस्था भयो भने । यस्तो अवस्थामा राज्यमा राजाका मन्त्री भाइभारदार अथवा कुनै सामन्त सैनिक अधिकारी अघिसरी राजाको शक्ति अधिकार हत्याएर आफू पनि राजाको प्रतिरूपमा देखा पर्न आउँछन् । यिनमा कोही उपराजका नामले, कोही सामन्त शासकको रूपले कोही मन्त्रीकै रूपले पनि अवतीर्ण भएका हुन्छन् । यो नयाँ उठेको शक्तिले राजाको पहिलेदेखिको मान९मर्यादा, प्रजाको मनमा बसेको राजाप्रतिको श्रद्धा र सिंहासनलाई एकैचोटि हनन गर्न सक्तैन र राजाकै नामले आफू अघिसरी हालीमुहाली चलाउन लाग्छन् । यस्तो अवस्थामा द्वैधशासनको रूप प्रकट हुन आउँछ ।ुु
ज्ञानमणि नेपालको यो परिभाषालाई आधार मान्दा नेपालमा लिच्छविकाल, मल्लकाल र शाहकालमा पनि द्वेध शासन चलेको इतिहासमा देख्न सकिन्छ । लिच्छवि कालमा रविगुप्त, भौमगुप्त आदिदेखि शाहकालमा राणा शासको रुपमा चलेकोे द्वेधशासन २००७ सालमा प्रजातन्त्रको पुनस्र्थापनासँगै अन्त्य भयो । नेपालका अनुसार इतिहासमा शाहकालका पृथ्वीनारायण शाहसँगै लिच्छवि कालका चर्चित मानदेव मात्रै नेपालको इतिहासमा यस्ता पात्र हुन् जसले सबै हुकुमलाई आफैं जफत गरी राख्न सके । इतिहासमा नै यस्तो अरु कुनैपनि शासकले नेपालमा यति धेरै राज्यलाई एकीकृत गर्न सकेका थिएनन् होला ।
यस्तो द्वेध शासनको सुरुवात नेपालमा मात्रै नभएर भारतका चर्चित मौर्य सम्राट बृहद्रथको समय ईशापूर्व १८५ मा पनि चलेको थियो । त्यतिबेला मौर्य सम्राटका सेनापति थिए पुष्यमित्र शुंग । उत्तर भारतका शुङ्ग साम्राज्यका संस्थापक र प्रथम राजा पनि थिए । उनी राजा बन्नु भन्दा पहिले मौर्य साम्राज्यका सेनापति थिए भने अन्तिम मौर्य सम्राट ९बृहद्रथ० लाई सैन्य समीक्षाको समयमा हत्या गराएर आफैंले त्यहाँको शासन सत्ता हातमा लिए । त्यतिबेला उनले दुईवटा अश्वमेध यज्ञ समेत गराएका थिए ।
भारतको यो द्वेध शासनका बारेमा एउटा अस्पष्टता यो पनि छ कि उनी यदि अश्वमेध यज्ञ समेत गराउन सक्ने चक्रवर्ती राजा थिए भने उनले आफूलाई राजाको रुपमा किन चिनाएनन् रु उनी आफूले दुई पटक अश्वमेध यज्ञ गरेपछि पनि आफूलाई सेनापति भनेर मात्रै प्रस्तुत गरेको पाईन्छ । यो अस्पष्टताको लागि हामी राणा शासनकालीन नेपालबाट पनि धेरै सिक्न सक्छौं । राजा भन्दा शक्तिशाली भएपनि राणा प्रधानमन्त्रीहरुले आफूलाई श्री ३ प्रधानमन्त्री मात्रै लेखेको र आफ्नो संयुक्त शासनमा पनि अंशुबर्माले समेत आफूलाई महासामन्त र श्री मात्रै लेखेको कुरालाई पनि उदाहरणको रुपमा लिन सक्छौं ।
यो द्वेध शासनको विषयमा इतिहासकारद्वय ज्ञानमणि नेपाल र जगदीश चन्द्र रेग्मीबीच मतभेद पाईन्छ । रेग्मीले नेपालमा द्वेध शासनको सुरुवात जिष्णुगुप्त विष्णु गुप्तको समयदेखि सुरु भएको भनेर भन्ने गरेका छन् भने नेपालले यो भौम गुप्तको समयदेखि सुरु भएको भन्ने गरेका छन् । यसमा केही विवाद भएको भएपनि विभिन्न प्रमाणहरुको आधारमा हामी नेपालमा द्वेध शासनको सुरुवात भौम गुप्तको समयदेखि नै भएको हो भन्न सक्छौं ।
ओली शासनमा द्वेध शासन
अहिले नेपालमा गणतान्त्रिक व्यवस्था सुरु भईसकेको छ । प्रजातन्त्र, पञ्चायत, फेरि प्रजातन्त्रको पुनस्र्थापना, लोकतन्त्र र गणतन्त्र हुँदै अहिले नयाँ संविधान जारी भईसकेको यो अवस्थामा द्वेध शासनको कुनै सम्भावना त हुनु नपर्ने हो । तर, अहिलेको विभिन्न कामहरु हेर्दा अहिले ओली सरकार पनि द्वेध शासनमा चल्ने गरेको अनुभूति देख्न सकिन्छ । सोचे जस्तो अवस्था नभएको भएपनि राज्यका विभिन्न शक्तिहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मातहत ल्याउने प्रयास गरिरहेका छन् । यसमा सेनालाई प्रधानमन्त्रीले आफू अन्तर्गत् ल्याउने प्रयास गरे, गृह अन्तर्गत् रहेको गुप्तचर विभाग आफू अन्तर्गत् ल्याए । राजश्व लगायतका शक्तिशाली अड्डाहरु प्रधानमन्त्रीकै अधिकार क्षेत्र भित्र आईसकेको छ । दुई तिहाई बहुमत रहेको सरकार भएका कारण प्रधानमन्त्री केपी शर्मा ओली अनुसार नै संसद पनि चल्ने गरेको छ । जसका कारण पनि उनी कहिलै संंंसदप्रति उत्तरदायी हुने गरेका छैनन् ।
यसरी व्यवस्थापिका र कार्यपालिकामा शक्तिशाली रुपमा रहेका प्रधानमन्त्री ओली आफैं भित्र भने कमजोर देखिएका छन् । पहिले कार्यकारी राजा हुँदा भारदारहरुले राजाको नामबाट शासन गर्नेगरेका थिए भने अहिले प्रधानमन्त्री ओलीको नामबाट नै उनको सहयोगीहरुले शासन चलाईरहेका छन् । त्यतिबेलाको द्वेध शासन र अहिलेको द्वेध शासनमा यत्ति मात्रै फरक छ कि पहिले कमजोर रहेका राजालाई भारदारहरुले प्रभावमा पारेर शासन गर्ने गरेका थिए भने अहिले शक्तिशाली ओलीलाई भारदार एवं सल्लाहकारहरुले प्रभावमा पारेर कमजोर पारिदिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफ्नो नभई आफ्ना सल्लाहकारहरुको सल्लाहलाई पूरा विश्वास गर्दा नै दैनिक बदनाम बन्ने गरेका छन् । अहिले उनका विभिन्न सल्लाहकारहरुले नै राज्यका विभिन्न संयन्त्रमा हस्तक्षेप गर्ने गरेका धेरै उदाहरण पाउन सकिन्छ । त्यसैले यो लिच्छवि कालको द्वेध शासनको भन्दा केही भिन्न शैलीको द्वेध शासन चलिरहेको देखिन्छ ।
प्रतिकृया दिनुहोस