काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल आलोचनाका पात्र बन्न थालेको धेरै भएको छ ।
उनले गर्ने व्यवहार र बोल्ने बोलीले सबैभन्दा बढी ओली इतरका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुलाई बिझ्ने गरेको छ ।
पछिल्लो उनको सामाजिक संजाल ट्वीटरमा ट्वीट गरेको विचार पनि त्यत्तिकै तीतो रह्यो ।
आफ्नो आलोचना सुन्न नसक्ने आरोप व्यहोर्दै आएका रिमालले आइतवार बिहानै एक ट्वीट गर्दै ‘छौंडा’ प्रहार गरेका थिए ।
उनको ट्वीट यस्तो छ –
‘भनिन्छ, छौडाहरु आफैं चलमलाउँदैनन्,
कसैले छोड्छन्,
दुःख दिन्छन्
यी छौंडाहरु आफैं चल्मलाएका हुन् कि
यिनका छौंडाहरु को हुन् रु स्पष्ट छैन । तर केपी ओली सरकारको आलोचना सबैभन्दा बढी नेकपाकै ओली इतरका नेताहरुबाट भइरहेको छ । त्यही स्थितिमाथि आक्रमण गरेको बुझेर ओली इतरका नेताहरु अझ बढी रुष्ट भएका छन् ओलीसंग ।
सामाजिक संजालमा उनको तीखो आलोचना भएको छ । विरलैले मात्र यो शब्दबाणप्रति राम्रो प्रहार भनेका छन् ।
तर सामाजिक संजालमै ओलचनाको पात्र बन्ने गरेकी नेकपाकै नेतृ रामकुमारी झाँक्रीले गरेको कमेन्टले भने नेकपाभित्रको आरोप प्रत्यारोपको रुप देखिएको छ ।
उनले लेखेकी छिन्, –‘राज्यसत्ताको केन्द्रमा रहेका ब्यक्तिको रूपमा यो उत्कृष्ठ ट्वीट हो। यो ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना हो । सत्ता कसरी कता जादैछ अनुमान लगाउन लोकलाई गार्हो पर्ने छैन अब । धेरै पहिले एउटा लोककथा पढेको थिएँ– त एम्पेरर्स न्यू क्लोथेज ।आज संझदैछु, सत्ता र उन्माद कस्तो हुन्छ भनेर ’
रिमालको ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना रहेको सांसद झाँक्रीले आफ्नो ट्वीटमा उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘सत्ता कसरी कता जाँदैछ अनुमान लगाउन लोकलाई गाह्रो पर्ने छैन अब ।’
झाँक्रीले रिमालको छौंडापनमात्र हैन यही मार्फत ओली सरकार र ओलीको संस्कारलाई पनि नराम्रैसंंग प्रहार गरेकी छिन् ।
प्रतिकृया दिनुहोस