डडेल्धुराका दुई वडा कार्यालयमा शंकास्पद बस्तु फेला

Yugnepal     1092 पटक पढिएको    

डडेल्धुराका दुई वडा कार्यालयमा शंकास्पद बस्तु फेला

 

डडेल्धुरा,  । डडेल्धुराका दुई स्थानमा आइतबार बिहान शंकास्पद बस्तु फेला भेटिएको छ। जिल्लाको परशुराम नगरपालिका वडा नं। ९ गाइबाधे र १० कुर्मुल्ले वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि शंकास्पद बस्तु भेटिएको हो।

तालाबन्दीसँगै प्लाष्टिकमा बेरेर बमजस्तै देखिने शंकास्पद बस्तु राखेको अवस्थामा भेटिएको परशुराम नगरपालिका–९ का वडा अध्यक्ष रमेश बोहराले जानकारी दिए।

नगरपालिको वडा ७ र ८ नम्बरमा पनि तालाबन्दी गरिएको छ। वडा अध्यक्ष बोहराले भने– ‘वडा कार्यालयमा ठूलो ताला लगाएर तालामाथि बम जस्तो देखिने वस्तु राखेको छ, प्रहरी घटनास्थल पनि पुगेको छ।’

शंकास्पद बस्तु भेटिएपछि प्रहरी टोली परिचालित गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। २२ गते नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अघोषित बन्द छ। शंकास्पद बस्तु त्यही समूहले राखेको हुन सक्ने अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ।



आइतबार २२, असार २०७६ ०३:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal