डोटीमा जीप दुर्घटना, ६ घाइते, एक गम्भीर

Yugnepal     984 पटक पढिएको    

डोटीमा जीप दुर्घटना, ६ घाइते, एक गम्भीर

 

सिलगढी,  डोटीको आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था चिन्ताजनक रहेको छ।

आदर्श गाउँपालिकाबाट सायलतर्फ जाँदै गरेको से १ च ९१७ नं। को जीप गजेडामा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकामध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालबहादुर धामीले बताए।

भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइतेलाई उपचारका लागि अस्पताल ल्याउन लागिएको छ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ।



सोमबार १६, असार २०७६ १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal