आइतबारको दिनमा मुक्तीनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ असार १५ गतेको राशिफल

Yugnepal     738 पटक पढिएको    

आइतबारको दिनमा मुक्तीनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ असार १५ गतेको राशिफल

वि।सं।२०७६ साल असार १५ गते । आईतबार । ईश्वी सन् २०१९ जुन ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि त्रयोदशी,५५ घडी ४० पला,रातको ०३ बजेर २८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र कृतिका,०८ घडी ५५ पला,बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग शूल,३६ घडी ०८ पला,बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त गंड । करण गर,दिउसो ०३ बजेर ४८ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा धुम्र योग । चन्द्रराशि बृष । प्रदोष व्रत । दही चिउरा खाने दिन । धान दिवस । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३३ पला ।

मेष९चू,चे,चो,ला,लि,लू,ले,लो,अ०

समयमा काम नबन्नाले आय आर्जन घट्ने तथा सापटि लगिएका रकमहरु समयमा फिर्ता हुनेछैनन् । व्यापारमा लगानि गरेपनि आम्दानि कम हुनेछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ ।

बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो०

राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।

मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा०

समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो०

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे०

धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । राजनीति तथा समाजसेवामा लाग्नेहरुका लागि समय मध्ययम रहेकोछ ।

कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ।

तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते०

घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०

मायाप्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०

गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला ।

मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०

लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता आउँन सक्छ ।

कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।

मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची०

आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

 

यो पनि पढ्नुहोस १
साप्ताहिक रासिफल स् आषाढ १५ गते आईतबारदेखी आषाढ २१ गते शनिबारसम्मको

मेष९चू,चे,चो,ला,लि,लू,ले,लो,अ०

साता मध्ययम रहेकोले साथिहरुको लहैलहैमा लाग्नाले पढन पाढनमा अरुभन्दा पछि परिनेछ । बिज्ञापन तथा प्रचार प्रसारमा समय दिदामात्र व्यापार व्यावसायमा आम्दानि बढाउँन सकिनेछ । बाहिरि खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँनेछ । प्रेम सम्बन्धमा एकले अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । समय र परिस्थितिको अध्ययन नगरि बोल्दा वा कुनै निर्णय गर्दा मान सम्मानमा कमिको महशुष हुँनेछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो०

साताको सुरु र अन्तको समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक रुपमा एक कदम अगाडि बढ्न सकिनेछ । छोटो दुरिको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा मन जाने हुँनाले परिणाममुखि नतिजा ल्याउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने छन् बिवादित बिषयहरु समाधान भएर जानेछन् । माया प्रेममा रमाउँने चाहने हरुका लागि समयले साथ दिनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ ।

मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा०

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । मंगलबार र बुधबारको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो०

साताका सुरु र अन्तको समय राम्रो रहेकोले कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । तरपनि लामो दुरिको यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

सिहं ९मा,मी,मू,मे,मो,टा,टी,टू,टे०

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुनेछ । मंगलबार र बुधबारको समय राम्रो रहेकोले बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ ।

कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०

बुधबारसम्मको समय मध्ययम रहेकोले सरकारि तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुँने छैनन् । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकाश हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ । बिहीबारबाट प्राकृतिक स्रोत तथा तरल पदार्थको व्यापार फस्टाएर जानेछ भने आफन्त तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग मार्फत आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ ।

तुला ९रा,री,रु,रे,रो,ता,ती,तू,ते०

बुधबारसम्मको समय मध्ययम रहेकोले समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला । बिहिबारबाट समय राम्रो रहेकोले प्राबिधिक शिक्षाको सदुपयोग गरि परिणाममुखि काम गर्न सकिनेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

बृश्चिक९तो,ना,नी,नू,ने,नो,या,यी,यू०

साता मध्ययम रहेकोले संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । अध्ययन तथा कामको लागि यात्रा हुने भएपनि यात्राको क्रममा बाधा अवरोधको सामाना गर्नुपर्ने हुन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ ।

धनु ९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । । मंगलबार र बुधबारको समय राम्रो रहेकोले बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०

बुधबारसम्मको समय मध्ययम रहेकोले अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । बिहिबारबाट समय राम्रो रहेकोले बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।

कुम्भ ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०

बुधबारसम्मको समय मध्ययम रहेकोले समयको ख्याल गरेर अगाडि बढेमात्र आर्थिक स्थिति बलियो हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्दा मन प्रशन्न हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला । बिहिबारबाट समय तपाईकै पक्षमा आउने हुनाले पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची०

साता मध्ययम रहेकोले छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय तथा ध्यान दिन सके सफलता हात लाग्नेछ । कृषि तथा सहकारि व्यावसायलाई भने समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभे लिन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । प्रेममा अबिश्वास हुन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णहरु तपाईको पक्षमा नआउँने हुँनाले कुनै पनि बादबिवाद तथा मुद्दा मामिलामा सामेल नहुँनु होला । दाजुभाई तथा छिमेकि सँग नचाहादा नचाहादै बिवाद हुँने तथा छुट्टिनु पर्ने अवस्थाको सिर्जना हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यय रहेकोले आजको दिन नभेटिनु नै राम्रो रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।



आइतबार १५, असार २०७६ १२:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.