बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न

Yugnepal     732 पटक पढिएको    

बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न

 

बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बैडीका अनुसार रोपाई हुँने क्षेत्रफलमध्ये ४० प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।
जिल्लाका अधिकांस स्थानमा सिंँचाई सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्दा यो बर्ष रोपाइँ ढिला सुरु भएको छ । सिँचाई सुविधा भएका स्थानमा जेठ तेस्रो साताबाट रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्ण बहादर चन्द बताउनुभयो । आकाशे पानीको भरमा रोपाइँ गर्ने स्थानका नागरिकले हाल रोपाइँ सुरु गरेका उहाँले बताउनुभयो ।
दुईबाली लगाउने ठाँउमा रोपाइँ गर्न साउन पहिलो हप्ता मात्रै रोपाइँ गरिन्छ । दशरथचन्द नगरपालिकाको सेरा, रातामाटा, पञ्चेश्वर, गोकुलेश्वर लगायत महाकाली र सुर्नया र जमाडी नदी छेउछाउमा चैते मकै भित्र्याएपछि रोपाइँ हुन्छ ।


रोपाइँका गर्नका लागी खास गरी असारको महिना उपयुक्त हुने भएपनि असारमा बर्षा कम हुने भएकोले साउन पहिलो सातासम्म पनि उपयुक्त मानिने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । पाटन नगरपालिकाको पाटन फाँट , सलेना , डिलाशैनी गाउँपालिका , सिगास गाउँपालिकाका विभीन्न स्थान , दशरथचन्द नगरपालिकाको सेरालाई धाँनखेतीको पकेट क्षेत्र हुन् ।
बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । १० हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाई सुविधा रहेको भएपनि त्यसमध्ये करिव ७ हजार हेक्टर क्षेत्रफल जमिनमा मात्रै धान खेतीका लागी सिँचाई सुविधा रहेको छ । अन्य ३ हजार हेक्टर क्षेत्रफल सिँचाई सुविधा रहेको जमिनमा तरकारी खेती,तथा अन्य खेतीका साथै आकाशे पानीको भरमा रोपाइँ गरिदै आएको छ ।
बैतडीमा रोपाइँ साउन दोस्रो साता मात्रै सम्पन्न हुने अनुमान गरिएको छ । धानबालीलाई बैतडीको मकैपछिको दोश्रो मुख्य खाद्यबालीको रुपमा लिइन्छ ।



आइतबार १५, असार २०७६ १२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal