काठमाडौं बारमा नेकपा निकट भन्दा दश गुणा वढी मत ल्याएर कांग्रेस निकट उमेद्वारहरु विजयी

Yugnepal     825 पटक पढिएको    

काठमाडौं बारमा नेकपा निकट भन्दा दश गुणा वढी मत ल्याएर कांग्रेस निकट उमेद्वारहरु विजयी


 

काठमाडौं। नेपाल बार एशोसियसनको काठमाडौं शाखामा लोकतन्त्रवादी कानुन व्यवसायीहरु भारी मतान्तरले विजयी भएका छन्। नेकपा निकट उमेद्वारहरुलाई करिव १० गुणा मतले पराजित गर्दै कांग्रेस निकट लोकतन्त्रवादी उमेद्वारहरु विजयी भएका हुन्। 

काठमाडौं बारमा लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संस्था डीएलएबाट उमेद्वार भएका जगदिश घिमिरेले १००३ मत ल्याउँदा उनका प्रत्यासी कुमार प्रसाद आचार्यले ११० मत ल्याएका हुन्। अध्यक्षसँगै अन्य पदमा पनि डीएलएबाट उमेद्वार भएकाहरु भारी मतले निर्वाचित भएका छन भने ३ जना यसअघी सर्वसम्मत चुनिए। 

उपाध्यक्षमा सुवोध बाबु चिलवाल निर्वाचित हुँदा सचिवमा दमन बहादुर चन्द निर्वाचित भए। दुवै डीएलएबाट उमेद्वार थिए।

सहसचिव लक्ष्मी सापकोटा निर्विरोध भइन भने कोषाध्यक्षमा विश्वास आचार्य विजयी भए।

महिला सदस्यमा अन्जना अर्याल र प्रमिला कायस्थ निर्विरोध भएका थिए। त्यसैगरि खुल्ला सदस्यमा अन्जन धिताल, दिवाकर राज पाण्डे, ज्ञानेन्द्र प्रसाद दाहाल, राज कुमार अधिकारी, जय बहादुर भुजेल, बीनु श्रेष्ठ , विश्वरमण सिंह, बिष्णु प्रसाद ढकाल, विरेन्द्र पाठक, वासुदेव रिजाल, डा शिव कुमार यादव, दिपेन्द्र अधिकारी निर्वाचित भए। 

 



आइतबार १५, असार २०७६ ११:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal