विराट कोहलीले तोडे तेन्दुलकर र लाराको रेकर्ड, यस्तो छ स्थिति

Yugnepal     861 पटक पढिएको    

विराट कोहलीले तोडे तेन्दुलकर र लाराको रेकर्ड, यस्तो छ स्थिति

 

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीले क्रिकेट पूर्व क्रिकेट स्टारहरु सचिन तेन्दुलकर र ब्रायन लाराको रेकर्ड तोडेका छन् ।

कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २० हजार रन पूरा गर्दै तेन्दुलकर र लाराको कीर्तिमान तोडेका हुन् ।

इंगल्याण्डमा चलिरहेको विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको वेष्ट इन्डिज विरुद्धको खेलमा ३७ रन बनाउँदै कोहलीले २० हजार रन पूरा गरेका थिए । 

कोहलीले यो आँकडा ४ सय १७ इनिङमै पूरा गरेका हुन् । तेन्दुलकर र लाराले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पुरा गर्न ४ सय ५७ इनिङ खेलेका थिए ।

कोहलीले टेष्टमा १३१, एक दिवसीयमा २२४ र टी–२० मा ६२ इनिङ खेलेका थिए ।

उनी २० हजार रन पूरा गर्ने १२ औं खेलाडीसमेत भएका छन् । बिहीबारको खेलमा कोहलीको ७२ रनको मद्धतले भारतले वेष्ट इन्डिजलाई १२५ रनले हरायो । 

कोहली म्यान अफ द म्याच पनि भए । कोहलीले जारी खेलमा ४ वटा अर्धसतक पनि बनाएका छन् । 

२० हजार रन बनाएर खेल्ने कोहलीमात्र छन् । अगाडिका सबै रिटायर्ड भइसकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक रनको रेकर्ड तेन्दुलकरको नाममा छ । 

तेन्दुलकरले ६६४ खेलका ७८२ इनिङमा गरी ३४ हजार ३५७ रन बनाएका छन् । दोस्रो स्थानका श्रीलंकाका कुमार सांगाकाराले २८ हजार १६ रन बनाएका छन् । 

सातौं स्थानका वेष्ट इन्डिजका ब्रायन लाराको २२ हजार ३५८ रन छ । तेस्रोमा अष्ट्रेलियाका रिक्कि पोन्टिङ, चौथोमा श्रीलंकाका माहेला जयबर्दने, पाँचौंमा दक्षिण अफ्रिकाका ज्याक कालिस, छैटौंमा भारतमा राहुल द्रबिड, आठौंमा श्रीलंकाका सनथ जयसूर्या, नवौंमा वेष्ट इन्डिजका शिवनारायण चन्द्रपल, दशौंमा पाकिस्तानका इन्जमाम उल हक, एघारौंमा दक्षिण अफ्रिकाका एबीडे भिलियर्स छन् । 

रनका हिसाबले २० हजार ३५ रन बनाइसकेका कोहली ११ औं नम्बरमा पुगेका छन् । उनले ३७६ खेलमा ४१७ इनिङ खेलेर यो रेकर्ड बनाएका हुन् । 



शुक्रबार १३, असार २०७६ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal