अन्धविश्वासका कारण छाउगोठमा महिलाहरु बस्न बाध्य  कहिले सम्म गुमाउँने ज्यान ?

युग संवाददाता     92 पटक पढिएको    

अन्धविश्वासका कारण छाउगोठमा महिलाहरु बस्न बाध्य  कहिले सम्म गुमाउँने ज्यान ?

 

धनगढी । छाउगोठमा बसेकै अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगाली गाउँकी २८ वर्षीया कमला आउजी दमाईको शनिबार राति सर्पले डसेर मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा परम्परा धान्ने नाममा भइरहेको अन्धविश्वासका कारण छाउगोठमा बस्न बाध्य महिलाहरुले कसरी ज्यान गुमाउन बाध्य छन् भन्ने देखाएको छ । सुदूरपश्चिम प्रदेशमा छाउगोठमा सर्पले डसेर मात्रै होइन हरेक बर्ष कति चेलीहरु बलात्कृत भईरहदा समेत राज्यले कानुनको कडा कार्यान्यन गराउन नसक्दा यस्ता घटना समुदायमा एक पछि अर्को दोहोरिदै गएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा, डोटी र बैतडीमा सवै भन्दा बढी छाउपडी पथा कायम भएपनि बसाइँ सरेर कैलाली र कञ्चनपुरमा आएकाहरुले अन्धविश्वासले भरिएको परम्परा आफुसँगै बोकेर ल्याएका छन् । छाउगोठमा हुने बलत्कार र मृत्युका घटनापछि यस्ता घटना रोक्न अभियानहरु चल्ने गर्छन् । तर यस्ता अभियान समयक्रममा आफै हराउने र अन्धविश्वासको परम्परा फेरी ब्युँतिने गरेको देखिन्छ । समुदायमा यस्ता घटना घटेपनि स्थानीय महिलाहरु अझै पनि घर भित्रै वस्न राजी छैइनन् । कृष्णपुर नगरपालिका वडा नम्बर १ की चम्फा बुढाले पुर्खा देखिको रिती रिवाज छोडन सकिने अवस्था नभएको बताइैन उनले केहि सुधार भएपनि पुर्णरुमा समुदाय बाट हटाउन गा्रहो भएको प्रतिक्रिया दिइन् ।

छाउगोठ विरुद्धको अभियान संचालनका लागि सुदूरपश्चिम प्रदेशका सवै जिल्लाहरुले अभियान गदै आएपनि त्यसले सार्थकता पाउँन सकेको छैन् । छाउगोठमा मृत्यु हुने, बलात्कार हुने जस्ता घटनाहरु सार्वजनिक भएपछि सरकारले हरेक पटक विभिन्न प्रयासहरु गर्दै आएको छ । तर ती कुनै पनि प्रयासहरु निष्कर्षमा पुग्न सकेका छैनन् अघिल्लो वर्षमात्रै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका चारवटा छाउगोठ भत्काएको थियो । तर अझै २ सयभन्दा बढी यस्ता छाउगोठ नगर क्षेत्रमा छन् । तीमध्येकै छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पले डसेर मृत्यु भएपछि गाउँका केहि मानिस लाई सतेक गराएको छ । स्थानीय धन सिंह रावतले यस घटनाले समुदायमा केहि सुधार हुन्छ की भन्ने आफु लाई लागेको बताए । उनले पहिले देखिको चहन हटाउँन केहि समस्या भएको बताए ।


छाउपडीलाई गैरकानुनी घोषणा गरिँदै २०७४ सालको मुलुकी अपराध संहिताले छाउगोठ बसाल्ने वा बस्न बाध्य पार्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखेको छ । सार्वजनिक ओहदामा बसेका व्यक्तिले यस्तो गरे दोब्बर सजाय हुने व्यवस्था पनि छ । तर कानुन कार्यान्वयनका हिसाबले छाउपडी अझै पनि सुदूरपश्चिमको सामाजिक संरचनामा गढिएको छ । कृष्णपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको तयारी गरेको वडामा नै छाउगोठमा सुत्दा महिलाको मृत्यु भएपछि यसले गम्भिर प्रश्न खडा गरेको छ । कृष्णपुर नगरपालिकाले छाउगोठकै कारण घटना भएको भन्दै छाउगोठ भत्काउने अभियान सुरु गरेको छ ।

नगरपालिकाले १५ दिनभित्र सबै छाउगोठ अनिवार्य रूपमा भत्काउन सार्वजनिक निर्देशन जारी गरेको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले महिनावारी भएका बेला गोठमा सुत्ने गलत मान्यतालाई चिर्न गत वर्षदेखि सचेतनामुलक अभियान चलाइएको बताए । गोठ भत्काउने काम समेत गरिएको उनको भनाई छ । तर, ग्रामीण क्षेत्रमा अहिले पनि गोठमा बस्ने परम्परा कायमै रहेका कारण दुःखद् घटना हुन पुगेको उनी बताउँछन् ।
‘हामीलाई बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्याका रुपमा देखा परेको थियो । त्यसपछि वडाहरुमा छाउपडी कुप्रथाविरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थियौं,’ ओझाले भने, ‘वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको थियो तर अझै यो प्रथा कायमै हुँदा दुःखद घटना व्यहोर्नुप¥यो ।’
प्रदेश प्रहरीको तथ्यांकअनुसार सुदूरपश्चिममा ७ हजार ५४५ छाउगोठ भत्काइएका थिए, जसमध्ये कञ्चनपुरमै २३० वटा छन् । छाउगोठ भत्काएपनि महिनावारी हुँदा छाउगोठमा बस्ने अन्धविश्वास अझै भत्किएको छैन । कैलाली कञ्चनपुर जस्ता तराइका जिल्लाहरूमा त महिनावारी हुँदा छाउगोठमा बस्दा ज्यान गुमाउनु परेको घटना सार्वजनिक हुन्छन् भने पहाडी जिल्लाको अवस्था सहजै अनुमान गर्न सकिन्छ ।



सोमबार ३०, असार २०८२ १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal