ढुक्क भएर कलम चलाउन पत्रकारलाई मुख्यमन्त्री शाहको आग्रह

युग संवाददाता     115 पटक पढिएको    

ढुक्क भएर कलम चलाउन पत्रकारलाई मुख्यमन्त्री शाहको आग्रह

 


धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ढुक्क भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित पत्रकार महिलाहरूका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् ।

“पत्रकारहरू थुप्रै चुनौति पार गर्दै आइरहेका छन,” मुख्यमन्त्री शाहले भने, “यसबीचमा पनि धेरै जना पत्रकारिता पेशामा प्रवेश गरिरहेका छन, उनीहरुमा यो एउटा मर्यादित र इज्जतको पेसा हो भन्ने अनुभूति दिलाउनु पर्छ ।”

उनले सीमित श्रोत र साधनका बीच आगामी आव २०८२र०८३ मा सुदूरपश्चिम प्रदेश सरकारले संचारका १० क्षेत्रमा बजेट बिनियोजन गरेको जानकारी दिए ।



शुक्रबार ०६, असार २०८२ ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal