अवस्था बदल्छौँ भनेर बाचा गर्‍यौँ तर नसक्दा जनतामा असन्तुष्टिः महामन्त्री थापा

युग संवाददाता     569 पटक पढिएको    

अवस्था बदल्छौँ भनेर बाचा गर्‍यौँ तर नसक्दा जनतामा असन्तुष्टिः महामन्त्री थापा

 

धनगढी फागुन २६ / कांग्रेस महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदल्छौँ भनेर जनताको साथ माग्यौँ तर व्यवस्था बदल्दा पनि अवस्था नबदलिएपछि जनतामा असन्तुष्टि बढेको बताए। उनले अब जनताका ती असन्तुष्टि सम्बोधन गर्नेतर्फ कांग्रेस लाग्नुपर्ने बताए।

उनले भने,  ‘राष्ट्रका समस्या समाधान गर्न सक्ने पार्टी मात्र राष्ट्रिय पार्टी हो, त्यो कांग्रेसले गरिरहेको छ, अझै गर्छ त्यसैले जनताको बिश्वास छ।’ महामन्त्री थापाले सुदूरपश्चिम कांग्रेसका लागि पावर हाउस रहेको बताए। उनले सुदूरपश्चिमका जनताले नेपाली कांग्रेसलाई सुख–दुःखमा सधैँ साथ दिएको बताए। उनले भने, ‘जसले सुदूरपश्चिमलाई माया गर्छ उसलाई सुदूरपश्चिमेलीले माया गर्छन्।’

कांग्रेसको जन्म नै नेपाली जनताको हितका लागि भएको भन्दै महामन्त्री थापाले कांग्रेसलाई त्यसमा बिचलित हुने छुट नभएको उल्लेख गरे। उनले राजाबादीको आन्दोलनतर्फ लच्छित गर्दै भने, ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, कसैले कुचेष्टा नगरे हुन्छ।’

महामन्त्री थापाले नागरिकले परिणाम खोजिरहेका त्यो दिने जिम्मा कांग्रेसको रहेको बताउँदै मति र गति ठीक भयो भने जनताको आक्रोशको आगो मर्दै जाने उल्लेख गरे।



सोमबार २६, फागुन २०८१ ०१:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal