सरकारको न्यूनतम साझा कार्यक्रम जरुरी छ – विश्वप्रकाश शर्मा

युग संवाददाता     117 पटक पढिएको    

सरकारको न्यूनतम साझा कार्यक्रम जरुरी छ – विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँगका सात बुँदे समझदारीलाई पालना गरेर पूरा गरेर जानुपर्ने बताएका छन् । 

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै शर्माले एमालेसँगको समझदारी सबैले मिलेर पूरा गर्नुपर्ने बताएका हुन् । 

उनले संविधान संशोधनका लागि दुई तिहाई मत चाहिने भएकाले वृहत्तर छलफल गरेरमात्र अगाडि बढ्नु पर्ने बताए । कांग्रेसकै नेतृत्वमा अहिलेसम्मका उपलब्धि हासिल गरेकाले अहिले पनि कांग्रेसले उपयुक्त वातावारण बनाएर जानुपर्ने उनले बताए । 

उनले सरकारका एक मन्त्रीले अर्का मन्त्रीलाई विश्वविद्यालयका विषयमा सामाजिक सञ्जालबाट गरिएका आग्रह उपयुक्त नभएको भन्दै संवेदनशील भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । 

महामन्त्री शर्माले सरकारको न्यूनतम साझा कार्यक्रम जरुरी रहेको पनि बताए । उनले आपसी विमितका कुराहरु भनेरै समझदारी आउनु पर्नेमा जोड दिए । समझदारीको अक्षरसः पालना र विमतिका विषयलाई सोही अनुसार अगाडि बढ्नुपर्नेमासमेत जोड दिएका छन् । 

आपसमा विवाद हुन सक्छन् तर त्यसलाई संयमित भएर समाधानतिर जानुपर्नेमा उनले जोड दिए । उनले पछिल्लो समय विद्यार्थीमाथि आक्रमण भएको भन्दै अपराधलाई अपराधकै रुपमा हेर्नुपर्नेमा जोड दिए । 

बैठकबारे बोल्दै उनले महासमिति बैठक र केन्द्रीय समिति बैठकमा भएका निर्णय परिमार्जन गरिएको भन्दै त्यो समसामयिक हेरेर बनाइएको बताएका छन् । 

सरकार हेरफेर भइसकेको अवस्थामा सोही अनुसार अगाडि बढ्ने भनेर स्पष्ट पारे । 

फेसबुक चलाउनेहरु डेढ करोड भन्दा बढी छन् । एक अर्ब भन्दा बढी यु–ट्युब दैनिक हेरिएको भन्दै महामन्त्री शर्माले हरेक दिन पार्टीका गतिविधि सामाजिक सञ्जालबाटै व्यक्त गर्नुपर्ने बताए । 

अहिले थारु, पिछडिएको र मधेसबाटसमेत सरकारमा प्रतिनिधित्व भएको उल्लेख गरेर परिस्थिति फरक भएको बताउँदै शर्माले कुनै चिज ड्यामेज हुनुअघि ड्यामेज कन्ट्रोल गरेर जानुपर्ने बताए । 

उनले संघीयतामा गइसकेपछि प्रदेशका लागि मन्त्रीहरु संघबाट सिफारिस गरेर पठाइनु दुःखद हुने बताउँदै आगामी दिनमा यस विषयमा सुधार हुने बताए । 



आइतबार १६, भदौ २०८१ ०१:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal