नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधि भिडन्त भारतसँग

Yugnepal     137 पटक पढिएको    

नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधि भिडन्त भारतसँग

 


धनगढी । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३ ९० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५९२१, २८९२६ र २५९२० ले हराएको हो । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ ।


लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ । पहिलो सेटको सुरुमा ५९१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६९५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६९१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०९२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५९२१ ले पहिलो सेट जित्यो ।

दोस्रो सेटको सुरुवातमा २९० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६९४, १०९५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०९२० को अवस्थामा पुग्यो । त्यसपछि इरानले अग्रता लिँदै २४९२१ को अवस्थासम्म पुग्यो ।

त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४९२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८९२६ ले दोस्रो सेट जित्यो ।

तेस्रो सेटमा इरानले १०९७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कदै १५९१५ बनायो । त्यसपछि अग्रता लिँदै २३९१९ को अवस्थामा पुग्यो । यो सेट नेपालले २५९२० ले जित्यो । बुधबार नै तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।



बुधबार २३, साउन २०८१ ०४:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal