बाढी पहिरोबाट १३० जनाको मृत्यु, ४८ जना बेपत्ता, १४४ घाइते

युग संवाददाता     125 पटक पढिएको    

बाढी पहिरोबाट १३० जनाको मृत्यु, ४८ जना बेपत्ता, १४४ घाइते

 

काठमाडौँ । मनसुन लागेपछि बाढी पहिरोका घटनाबाट नेपालमा १३० जनाको मृत्यु भएको भने ४८ जना बेपत्ता भएका छन् । गृहमन्त्री रमेश लेखकका अनुसार यो अवधिमा १४४ जना घाइते भएकोमा ५ जना उपचाररत रहेको र बाँकी उपचतारपछि घर फर्किएका छन् । 


यो अवधिमा ९ जना घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरिएको थियो । मन्त्री लेखकका अनुसार यो अवधिमा ५९४ जना पशु चौपायाको मृत्यु भएको छ । त्यस्तै यो अवधिमा २३१ वटा घर, ८४ वटा गोठ तथा साना र ठूला गरी ४३ वटा पुल तथा २ वटा सरकारी भवनमा क्षति पुगेको छ । 

यो अवधिमा ४००४ वटा परिवार विस्थापित भएकोमा १०५९ परिवारलाई अन्यत्र सारिएको र बाँकी घर फर्किएको उनले जानकारी दिए । 

अहिलेसम्म बाढी पहिरोबाट ७७ वटै जिल्लाका विभिन्न स्थान प्रभावित भएको भन्दै यसमा राहत तथा उद्दारका लागि ७१६९ नेपाल प्रहरी, ३९५६ सशस्त्र प्रहरी र आवश्यकता अनुसार नेपाली सेनालाई खटाइएको छ । अहिलेसम्म ९८९ जनालाई सकुशल उद्दार गरिएको छ । 

बाढी पहिरोमा परी मृत्यु भएकामध्ये १३० जनामध्ये अहिलेसम्म ४७ जनालाई सरकारले राहत दिइसकेको छ । बाँकीलाई दिने प्रक्रिया अघि बढेको गृहमन्त्री लेखकले बताए । सरकारले बाढी पहिरोमा परेर १० दिनदेखि बेपत्ता भएका व्यक्तिको परिवारलाई समेत मृतक बराबर नै रात उपलब्ध गराउने निर्णय गरेको जानकारी दिँदै बेपत्ताका परिवारलाई समेत राहतको प्रक्रिया अघि बढाइएको उनले बताए । 

चितवनको सिमलतालमा दुर्घटना भएको दुईवटा बस बगाएको घटनामा बेपत्तामध्ये २४ जनाको शब प्राप्त भएकोमा १९ जनाको शब पहिचान गरी सम्बन्धित परिवारलाई बुझाइएको छ भने बाँकी ५ जनाको भने शव पहिचान हुनै बाँकी रहेको बताइएको छ । उक्त बस खोज्न अहिले ३६८ जना प्रहरी परिचालन गरिएको र सोमबारदेखि भारतीय गोताखोर समेत परिचालन थालिएको लेखकले जानकारी दिए 



मङ्गलबार ०८, साउन २०८१ ०२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal