श्रीलंकाविरुद्ध नेपाली टिमको रोमाञ्चक दुई रनको जित, शुक्रबारदेखि एसिया कप

युग संवाददाता     194 पटक पढिएको    

श्रीलंकाविरुद्ध नेपाली टिमको रोमाञ्चक दुई रनको जित, शुक्रबारदेखि एसिया कप

काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट टिमलाई २ रनले पराजित गरेको छ । टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले श्रीलंकाको टिमलाई २ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउँदै ११० रनमात्र बनाएपछि नेपाल २ रनले विजयी भएको हो ।

अन्तिम खेलमा नेपाल विजयी भए पनि श्रृंखला भने श्रीलंकाको डेभलपमेन्ट टिमले २–१ ले जितेको छ ।

नेपाली महिला टिमले शुक्रबारदेखि श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कप खेल्ने छ ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने यूएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एसिया कप खेल्न दिने निर्णय गरेको थियो ।

एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र यूएईसँगै समूह ए मा रहेको छ भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन जुलाई १९ मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ । 

एसिया कप खेल्ने नेपाली टिम– 
इन्दू बर्मा कप्तान रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।



मङ्गलबार ०१, साउन २०८१ ०२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal