मन्त्री छान्दै कांग्रेस, कार्यसम्पादन समिति बैठक

युग संवाददाता     141 पटक पढिएको    

मन्त्री छान्दै कांग्रेस, कार्यसम्पादन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा बस्ने भएको छ । 

बैठकमा आइतबार गठन हुने नयाँ सरकारमा पार्टीबाट पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने जनाइएको छ । 

सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा लगायतले बसेर एउटा खाका बनाइरहेको बुझिन्छ । 

सोही खाकाअनुसार पार्टीबाट समावेशी आधारमा सरकारमा सहभागीता जनाउने बताइएको छ । 

रमेश लेखक गृह र आरजू राणा देउवा परराष्ट्र मन्त्री भएर सरकारमा जाने लगभग तय रहेको छ । 

अन्यबारे छलफल जारी रहेको बताइएको छ । देउवाले यसपालि पार्टीको नेतृत्व गरेर जान महामन्त्री गगनकुमार थापालाई आग्रह गरेको भए पनि थापाले भने पार्टीका कामहरु बाँकी रहेकाले सरकारमा नजाने बताइसकेका छन् । 

गगन थापा किन जाँदै छैनन् सरकारमा 
कांग्रेस र एमालेको सहकार्यअनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दाबी पेश गरिसकेका छन् । 

उनको आइतबार बिहान नियुक्ति हुनेछ भने दिउँसो शपथ ग्रहण हुनेछ । 



शनिबार २९, असार २०८१ ०७:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal