पार्टी बैठकमा प्रचण्डको ब्रिफिङ  सत्ता समीकरण तलमाथि हुँदैन

युग संवाददाता     196 पटक पढिएको    

पार्टी बैठकमा प्रचण्डको ब्रिफिङ  सत्ता समीकरण तलमाथि हुँदैन


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासमिकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले सत्ता समीकरण तलमाथि नहुने कुरामा ढुक्क हुन पार्टीका सांसदहरूलाई आग्रह गरेका हुन् । 

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेर नै कांग्रेसको बैठकमा सहभागी भएको बैठकलाई जानकारी गराएको प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले बताए। 

उनका अनुसार प्रधानमन्त्री दाहालले आफूले पनि कांग्रेस नेतृत्वसँग भेट्ने गरेको उल्लेख गर्दै त्यस्ता भेटहरूमा कुनै दोधार नहोस् भनेर आपसी छलफल गरेर मात्रै जाने गरेको पनि बताएका थिए । प्रधानमन्त्री दाहालले नेताहरू प्रतिपक्षको कुरा सुन्न उनीहरूको बैठकमा जाने गरेको भए पनि वर्तमान सत्ता समीकरण तलमाथि नहुनेमा ढुक्क हुन पनि पार्टीका सांसदहरूलाई आश्वस्त पारेको पनि प्रमुख सचेतक पाण्डेले बताए ।

उनले भने, ‘मिडियाहरुमा पनि आइरहेको सत्ता समीकरणमा नै भएका राजनीतिक दलहरू पनि प्रतिपक्ष दलको बैठकमा गएको भन्ने सुनिएको छ । यो कुरा के हो रु भनेर माननीय सदस्यहरूले जिज्ञासा राख्नु भएको थियो । सम्माननीय प्रधानमन्त्रीज्युले बडो रमाइलो ढङ्गले के भन्नुभयो भने–यो समीकरणको नेतृत्व गरिरहेको म आफैँ बुढानीलकण्ठ गएको तपाईँहरूले थाहा पाउनु भएन र । म आफैँ पनि गएको थिएँ । यस कारणले कोही कतै जाँदा, सुन्दा ठिकै हुने हुन्छ । हाम्रो समीकरणमा अहिले कतै केही हुँदैन । काहीँ, केही हुँदैन । तपाईँहरूको ढुक्कका साथ अगाडि बढ्नुहोला भनेर उनले यो जवाफ दिनुभयो । उन जानु भन्दा अघि हामी राजनीतिक तहमा कहीँ कुरा गर्न जानुपर्यो‍ भने कन्फ्युजन नहोस् भनेर एक आपसमा सल्लाह गरेर नै जान्छौँ । त्यहाँ सल्लाह भएर नै जानुहुन्छ । त्यसकारण समीकरणमा कहीँ त्यस्तो असजिलो आउने हो कि भन्ने जुन आशंका छ । त्यस्तो आशंका गर्नुपर्दैन भन्ने विषयवस्तु पनि राख्नुभयो । माधव नेपाल पनि सल्लाह गरेर नै जानुभएको हो ।’



शनिबार १९, जेठ २०८१ ०६:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal