प्रणव मानन्धर दोस्रो चरणमा

युग संवाददाता     578 पटक पढिएको    

प्रणव मानन्धर दोस्रो चरणमा

 

काठमाडौं । नेपालका प्रणव मानन्धर जे ६० काठमाडौं जुनियर वर्ल्ड र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत ब्वाइज सिङ्गल्समा सोमबार दोस्रो चरणमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगितामा प्रणवले भारतका पन्शुल उबोभेजालाई ६–२ ३–६ ६–२ को सेटमा पराजित गरे ।


पहिलो दिन ब्वाइज गर्ल्स सिङ्गल्समा क्रमशः १० १२ खेल भएका थिए । ब्वाइजमा प्रणवसहित तीन तथा गर्ल्स पाँच गरी आठ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेकोमा थिए । बाँकी सात खेलाडी पराजित रहे ।

ब्वाइज सिङ्गल्समा चाइनिज ताइपेईंका येन छुन वाङले नेपालका सक्षमविक्रम शाहलाई ६–१ ६–१ तथा ताइपेईंका हुङ यु छेनले नेपालका राजवीर प्रधानलाई ३–६ ६–३ ६–१ को सेटमा हराए ।

गर्ल्स सिङ्गल्समा जापानकी अमाने हतोरीले नेपालकी सुनिरा थापालाई ६–० ६–०, जापानकी लिसा अन्जाइले नेपालकी आइशा डोल्कर गुरुङलाई ६–१ ६–१, भारतकी स्निग्धाकान्तले नेपालकी स्वस्टिका विष्टलाई ६–२ ६–१, चेकोस्लोभियाकी भेरोनिका कौतोभाले नेपालकी प्रशंसा मोक्तानलाई ६–१ ६–० तथा सर्किट–१ की विजेता चीनकी जी ये झाङले नेपालकी प्राज्ना मानन्धरलाई ६–० ६–१ को सोझो सेटमा पाखा लगाए ।



सोमबार २२, माघ २०८० ०५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal