भारतविरुद्ध चौथो टेष्टको दोस्रो दिन अस्ट्रेलियालाई ४४४ रनको अग्रता

युग संवाददाता     239 पटक पढिएको    

भारतविरुद्ध चौथो टेष्टको दोस्रो दिन अस्ट्रेलियालाई ४४४ रनको अग्रता


काठमाडौं । क्यामरुन ग्रिनले शतक बनाएपछि शुक्रबार अस्ट्रेलियाले भारतविरुद्ध चौथो टेष्टको दोस्रो दिन ४४४ रनको अग्रता लिन सफल भएको छ । 

दोस्रो दिन सकिँदा घरेलु टोली भारत बिनाविकेट क्षति ३६ रन बनाएर खेलिरहेको छ । भारतका रोहित शर्मा १७ र शुबमन गिल १८ रन बनाएर खेलिरहेका छन् । 

अमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले २५५–४ को स्थितिबाट दोस्रो दिन थालेको थियो । दोस्रो दिन सुरु गर्दा उस्मान ख्वाजा १०४ र ग्रिन ४९ रन बनाएर क्रिजमा थिए । 

म्बदगच लभउब
िब्नबलष् न्चयगउ
ल्भध एचयवभअत ९द्दद्ध०ज्ञटठडद्धछटटढछ।वउन

ख्वाजाले १८० रन बनाउँदा ग्रिनले ११४ रन जोडे । १८० रन बनाउने क्रममा ख्वाजाले २१ चौका प्रहार गरे । ग्रिनले ११४ रन जोड्नेक्रममा १८ चौका प्रहार गरे । दोस्रो दिन अस्ट्रेलियाका लागि टोड मुर्फीले ४१ र नाथन लियोनले ३४ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

न्यिदब िदबलप
अघिल्लो दिन एक विकेट लिन सफल भारतका रविचन्द्रन आश्विनले आज ६ विकेट लिए । यससँगै आश्विन अस्ट्रेलियाविरुद्ध टेष्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने भारतीय खेलाडी बनेका छन् । उनले अस्ट्रेलियाविरुद्ध ११३ विकेट लिएका छन् । आश्विनले अनिल कुम्बलेलाई पछि पारेका हुन् । कुम्बलेले १११ विकेट लिएका थिए । 

आश्विनलाई मोहम्मद शामीले दुई तथा रविन्द्र जडेजा र अक्सर पटेलले एक एक विकेट लिएर साथ दिए । अघिल्लो दिन नै शामीले दुई र जडेजाले एक विकेट लिएका थिए । 

अघिल्लो दिन अस्ट्रेलियाका ओपनर ट्रभिस हेडले ३२, स्टिभ स्मिथले ३८ रन बनाउँदा पिटर ह्यान्ड्सकोम्ब १७ रनमा आउट भएका थिए ।

चार खेलको टेस्ट शृङ्खलामा पाहुना टोली अस्ट्रेलिया २–१ ले पछाडि छ । भारतले नागपुरमा सम्पन्न पहिलो टेस्ट एक इनिङ्स र १३२ रनले जितेको थियो । 



शनिबार २७, फागुन २०७९ ०९:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.