कञ्चनपुरमा चट्याङ लागेर श्रीमान् –श्रीमतीको मृत्यु

युग संवाददाता     234 पटक पढिएको    

कञ्चनपुरमा चट्याङ लागेर श्रीमान् –श्रीमतीको मृत्यु

धनगढी / कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर कृष्णपुर नगरपालिका वडा न ७ मा सोही वडाका दीपक राना र उनकी श्रीमती मन्तोरा रानाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्काले बताए । 

घटनास्थलमै रहेका खड्काका अनुसार माछा मारेर फर्कँदै गरेका उनीहरू पानी परेपछि मोटरसाइकल रोकेर रुखको ओत लागेका थिए। सोही रुखमा चट्याङ पर्दा उनीहरू मृत्यु भएको हो ।



आइतबार १९, भदौ २०७९ ०१:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.