प्रचण्ड–माधव समूहले  आज देशभरी  खुसियाली मनाउदै

संसद पुनर्स्थापना

युग संवाददाता     698 पटक पढिएको    

प्रचण्ड–माधव समूहले  आज देशभरी  खुसियाली मनाउदै


काठमाण्डौ  फाल्गुन १२ सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड–माधव समूहले खुसीयाली मनाउने भएको छ । यसअघि संसद बिघटनाको बिरोधमा ठाउँ ठाउँमा गर्दै आएको प्रचण्ड–माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको हो ।

संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड–माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यो प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाउन लागेको हो ।

संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ



बुधबार १२, फागुन २०७७ १२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal