वैवाहिक सम्बन्ध तोड्ने पूर्व मिस नेपाल खड्गीको निर्णय

Yugnepal     3047 पटक पढिएको    

वैवाहिक सम्बन्ध तोड्ने पूर्व मिस नेपाल खड्गीको निर्णय

काठमाडौं  पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी छन्। उनले वैवाहिक सम्बन्ध तोड्नुको कारणबारे उल्लेख गर्दै भनेकी छन्, ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो।’


खड्गीले फेसबुकमा स्टाटसमा लेख्दै यसले आफूलाई थप बलियो बनाएको बताउँदै माया र सहयोगका लागि धन्यवाद व्यक्त गरेकी छन्।

खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो। यसअघि पनि उनीहरुबीच डिभोर्स हुने चर्चा चलेको थियो। यद्यपि दुवैले नकार्दै आएका थिए।



सोमबार ०३, चैत २०७६ ०६:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal