फिल्म सरेरै हैरान

Yugnepal     3112 पटक पढिएको    

फिल्म सरेरै हैरान


फिल्म रिलिज हुनै लाग्दा एकाएक फिल्म सरेपछि अभिनेत्री सुमी मोक्तानलाई पर्नु पीर परेको छ। यसै साता रिलिज हुने भनिएको फिल्म ‘सरौँतो’ मंसिर १३ मा पुगेपछि अभिनेत्री सुमी अहिले तनावमा छिन्।

सहायक अभिनेत्रीको भूमिका गर्दै आएकी सुमीको लिड रोल यसैमा छ। लिड रोल गरिएको फिल्म नै पटक पटक सरेपछि वाक्क दिक्क हुने नै भयो।

कात्तिक २२ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिम प्रचारमा उत्रिएको थियो तर यो मितिमा फिल्म ‘घामड शेरे’ले कब्जा जमाएपछि ‘सरौँतो’ भाग्न बाध्य भएको थियो।

अब कात्तिक २९ मा फिल्म रिलिज हुने मिति जुरेको छ। हाम्रो कामना छ, यहाँबाट पनि ‘सारौँतो’ले भाग्नु नपरोस्। शुक्रवार बाट साभार



बिहिबार ०५, मङि्सर २०७६ ०५:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal