दैलेखमा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

युग संवाददाता     190 पटक पढिएको    

दैलेखमा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

 


दैलेख। नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिण्डर लिएर आउँदै गरेको ट्रक आज बिहान ९ बजेतिर दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । भे १ क २२०१ नम्बरको ट्रक दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान जानेमा बाँके जिल्ला घर भएका चालक २९ वर्षीय कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङ जिल्ला घर भएका दुई जना अन्दाजी १८ वर्षीय बिष्णु चौधरी र २७ वर्षका लछिराम चौधरी छन् । उनीहरुको शव क्षतविक्षत अवस्थामा रहेका छन् । ट्रक तालपोखरी झर्ने छोटो बाटो नजिक मोडमा ब्रेक फेल भइ माथिल्लो सडकबाट चिप्लिएर करिब २५ मीटर तल्लो सडकमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।



बुधबार ०८, चैत २०७९ ०८:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.